साथी बनाउने काइदा

0
685

तपाई जुनजुन मानिसलाई साथी बनाउने विचार गरिएको छ । पहिले उनीहरूको वर्ग स्वरुप ,चेतनाको स्तर र आनीबानी थाहा पाउनु पर्छ । त्यहि आधारमा उनीहरूसित कुराकानी र व्यवहार गर्नुपर्छ ।
साथी बनाउन खोजिएका व्यक्तिहरूको जीवनप्रति चाख लिएर उनीहरूका ठुला साना सबै थरी समस्याप्रति राम्ररी ध्यान दिनुपर्छ । मजदुर र किसान,विद्यार्थी र बुद्धिजीवी,आइमाई र केटाकेटी ,तन्नेरी र बुढापाका ,स्वदेशका र विदेशका,कस्तो समूहका मानिस हुन् त्यही अनुसारका समस्याहरू केलाएर समाधानको उपाय फेला पार्न उनीहरूसित गाँसिने हाम्रो प्रयत्न हुनुपर्छ ।
हामीे असल बक्ता मात्र होइन स्रोत समेत हुन सक्नुपर्छ ।
कामकुराको विषय रोज्दा हामीले आफ्नो रुचिभन्दा साथीहरूकै रुचिलाई प्राथमिकता दिनुपर्छ । उनीहरूको प्रदेश, जिल्ला र गाउँघर वा सहरबजारबारे उनीहरूलाई नै बढी कुरा थाहा हुनु सम्भब छ । हामी ती ठाउँबारे उनीहरूबाट जानकारी पाउने प्रयत्न गर्न सक्छौं । आफुले काम गर्ने गरेको अफिस,कारखाना र विद्यालयजस्तो संस्थाहरूबारे पनि मानिसलाई प्रायःकुरा गर्न मन लाग्ने हुन्छ । राजनीतिक ,आर्थिक र साँस्कृतिक आदि विषयमध्ये कुनै एउटा बिषयमा विशेष रुचि भएका मानिससित हामीले त्यहि विषयमा कुरा गर्न खोज्नुपर्छ ।
हामीले असल बक्ता होइन स्रोत समेत हुन सक्नुपर्छ । अझ आफुले बोल्नेभन्दा सुन्ने नै बढी बल गर्नुपर्छ र साथी बन्न खोज्नेलाई नै धेरै बोल्ने मौका दिनुपर्छ । उनीहरूलाई डर, धक केहि नमानी मन फुकाएर हामीसित कुरा गर्नसक्ने पार्नुपर्छ । हाम्रो बानी आफ्नो आदर नखोजी अरुको पनि आदर गर्न र अरुप्रति समानपुर्ण व्यवहार गर्न सिकन्नु पर्दछ ।
सबैसित सबै विषयमा एकै चोटि कुरा मिलोस् भनेर हामीले ढिपी कस्नु हुन्न । हाल एउटा हुन नसक्ने खालका कुराका कुरालाई पछिलो निमित्त पन्छाउन सिपालु हुनुपर्छ । परिणामको वास्ता नगरी बादविवाद चर्काउने गर्नहुन्न । मिल्न सकिने खालका बुँदाहरू पहिले फेलापारी चरण–चरण गरेर एकता बढाउँदै जानुपर्छ ।
हरेक मानिसको गुण–बैगुण दुवै कुरा हुन्छ । सानोतिनो भए पनि अरुका राम्रा कुराहरूको प्रशंसा गर्न सधैं खुशी पार्ने हामीले झूठो प्रशंसा पनि गर्नुहुन्न । हामीले आफ्नो प्रशंसा आफै गर्ने गल्तीबाट पनि जागिनुपर्छ ।
कामकुरा गर्दा प्रायः जसको पनि गल्ती भइहाल्छ । आफ्नो गल्ती भएको थाहा पाउने बित्तिकै हामीले त्यसलाई प्रष्टसित स्वीकार गर्नुपर्छ । अरुको गल्ली र कमजोरी देखाउनु पर्दा पहिले आफ्नो गल्ली कमजोरीबारे चर्चा गर्नु राम्रो हुन्छ । अरुको गल्ती र कमजोरीबारेबारे ठाडो किसिमले नवताई सकभर सम्बन्धित व्यक्तिले नै महसुस गर्न सकुन् भन्ने किसिमबाट चल्नुपर्छ । अर्थात् आलोचना गर्नु पर्दा पनि अरुलाई मनमा असजिलो लाग्ने किसिमबाट होइन , चित्त प्रसन्न हुने गरी गर्न जान्नुपर्छ ।
कुनै राम्रो कुरा बताउँदा सिकाउँदा पनि रुखोखस्नो तालले गर्नुहुन्न । यसो गर वा यसो नगर भनी सोझै अर्ती उपदेश दिएको भन्दा कसो गर्नु पर्ला वा यसो गरे पो बेश होला कि भन्ने खालका प्रश्नहरू अधि सारेर ध्यान आकर्षित गर्नु बढी प्रभावकारी हुन्छ ।
कुरा गर्दा र काम लिन खोज्दा जङ्गिने ,कड्किने ,ठुस्सिने,फन्किने वा झोक्राउने ,निनाउरो मुख लाउने बानी फाल्न नसकेसम्म आफ्नै घरका परिवारलाई समेत साथी बनाउन सकिंदैन । आफु जति हँसिलो रसिलो स्वभावको बन्न सक्यो साथी बनाउन पनि त्यतिकै सजिलो हुन्छ ।
हामीले गरेका कामकुरामा साथी बन्ने व्यक्तिले सही थाप्दै जान सकुन् । उनीहरूकै इच्छा र आवश्यकतानुसार हामी चलिरहेछौं भन्ने उनीहरूले बुझुन् । त्यसैले समस्याहरूलाई हामीले हाम्रो दृष्टिकोणबाट मान्न विचार नगरी संबन्धित वर्ग ,डफ्फा र व्यक्तिको दृष्टिकोणबाट समेत विचार गर्नुपर्छ । सम्पर्कमा आएका मानिस हाम्रो सम्पर्कबाट नटाढियुन् र पछिसम्म नै साथी भएर रहन सकुन् भन्ने हाम्रो ध्याउन्न हुनुपर्छ । हामीले नम्र भएर ,मित्रतापुर्ण व्यवहार गरि सकेको सहायता र सहयोग दिइरहनुपर्छ । यसरी चल्नाले हामी वर्षैपिच्छे मात्र हाइन महिनैपिच्छे साथीहरूको संस्था थप्दै जान सफल हुनेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here