हुम्लामा भारी हिमपातः विमानस्थलमै थन्किए तारा एयरका दुई जहाज

0
333

काठमाडौँ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ । आईतबार हुम्लामा हिमपात भएपछि दुईवटा तारा जहाज सिमकोट विमानस्थलमै थन्किएका हुन् ।

तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएर थियो । तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिए ।

यता तारा एयरका सिमकोट श्रोतका अनुसार मौसम खराब भएपछि जहाज सिमकोटमै रोकिएको जनाएको छ । तारा एयरमा नेपालगञ्ज सुर्खेत, काठमाडौ जाने यात्राहरू जहाज यतै थन्किएपछि सिमकोट रोकिन बाध्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here