एनएनआईपिए बर्ष उत्कृष्ट खेलाडी अवार्ड सम्पन्न , भए २६ उत्कृष्ट खेलाडी सम्मानित

0
310

भक्तपुर, ८ फागुन । भक्तपुरको मध्यपुर थिमीमा वर्षका उत्कृष्ट खेलाडी सम्मानित कार्यक्रम एक समारोह विच सम्पन्न भयो ।

मध्यपुर थिमीको दुई पोखरीमा आर्कषक तरिकाले बनाइएको स्टेजमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले शनिबार आयोजना गरेको कार्यक्रममा खेलमार्फत् उत्कृष्ट योगदान पुर्याएका २६ उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गरेको हो । एनएनआइपिए अवार्डको १५ औं संस्करणमा सम्मानित हुने खेलाडीहरुमा आर्चरी – सनातन मल्ल , एथलेटिक्स – सन्तोषी श्रेष्ठ , ब्याडमिन्टन – रत्नजित तामाङ , बास्केटबल – अनुशा मल्ल , बक्सिङ – मिनु गुरुङ , क्रिकेट – अन्जली चन्द , साइक्लिङ – बुद्धि बहादुर तामाङ , फेन्सिङ – रबिना थापा , फुटबल – सुजल श्रेष्ठ , गल्फ – सुवास तामाङ , ह्यान्डबल – कल्पना ओली , जुडो – देविका खड्का , कब्बड्डी – मेनुका कुमारी राजवंशी , कराते – मन्देकाजी श्रेष्ठ , खोखो – श्याम बुढाथोकी , टेनिस – प्रदिप खड्का , सुटिङ – कल्पना परियार , स्वीमिङ – गौरिका सिंह , स्क्वास – विपना ब्लोन , टेबलटेनिस – पुरुषोत्तम बज्राचार्य , तेक्वान्दो – आयशा शाक्य , ट्रायोथोलन – सोनी गुरुङ , भलिबल – कुल बहादुर थापा , भारोत्तोलन – विकास थापा , कुस्ती – संगीता धामी , उसु – जुनी राई रहेका छन् ।

सर्वोत्कृष्ट खेलाडी सम्मानित हुनेमा पुरुष – मन्देकाजी श्रेष्ठ (कराते)  र महिला – गौरिका सिंह (पौडी) ,राइजिङ प्लेयर अवार्ड हुनेमा पुरुष – सुवास तामाङ (गल्फ) र महिला – संगीता धामी (कुस्ती), प्रतिभावान खेलाडी हुनेमा पुरुष – सुजल श्रेष्ठ (फुटबल) र महिला- आयशा शाक्य (तेक्वान्दो), पारा एथ्लेटिक अवार्ड हुनेमा केशव थापा (टेबलटेनिस) , स्पोर्ट्स जर्नालिस्ट अवार्डमा  रोशन सिंह राउत (खेलपत्रकार) र  गजराज आदर्श खेलाडी अवार्डमा – अकबर शाह (कराते) रहेका छन् ।

अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । सोही कार्यक्रममा पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएनआइपिए स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट ती खेलाडीले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँसमेत सोही अवसरमा प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here