निओ फ्युजनले प्रशिक्षार्थीहरुको सीप र दक्षताको आधारमा प्रमाणपत्र वितरण गर्दै

0
473

भक्तपुर । निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्सिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभ पेज डिजाइन, अकाउन्टिं प्याकेजलगायत विभिन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।

प्रमाणपत्र वितरणकार्यक्रममा भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिले फोटोग्राफी आफैमा निकै महत्वपूर्ण पेशा भएको र औचित्यपूर्ण र अर्थपूर्ण फोटोग्राफीले व्यक्तिलाई सफलता हासिल गर्न मद्दत पुर्‍याउने बताए । नगर प्रमुख प्रजापतिले फोटोग्राफी र भिडियोग्राफी निकै संवेदनशील विषय भएको हुँदा जथाभावी फोटो खिच्ने, भिडियो खिच्ने प्रवृत्तिले साइबर अपराधको संख्या बढाइरहेने भन्दै आफ्नो ज्ञान र सीपको प्रयोग जिम्मेवारीपूर्वक प्रयोग गर्न मार्गनिर्देश गरे । कार्यक्रममा उपस्थिति प्रशिक्षार्थीहरुलाई व्यक्तिकेन्द्रित प्रवृत्तिले समाज र देशलाई फाइदा नहुने भन्दै मेयर प्रजापतिले आफ्नो ज्ञान र सीप समाज केन्द्रित ढंगले अगाडि बढाउन प्रेरित गर्दै आफ्नो पेशामा सफल बन्न इमानदारिता, अनुशासन र नैतिकताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

इन्सिच्युटका निर्देशक एवम् कार्यक्रमका सभापति बालकृष्ण वनमालाले भक्तपुर लगायत देशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरुलाई इन्सिच्युटले विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको बताए । निओ फ्युजनले प्रशिक्षार्थीहरुको सीप र दक्षताको आधारमा प्रमाणपत्र वितरण गर्दै आइरहेको वनमालाले बनाए ।

कार्यक्रममा भनपाका वडा अध्यक्ष उकेश कवां , भिडियोग्राफीका प्रशिक्षक श्रीकृष्ण तुईतुई, वेभ पेज डिजाइनका प्रशिक्षक निरञ्जन बेकोजु, कम्प्युटरका प्रशिक्षक राधा ब्यान्जु र कार्यक्रम सञ्चालिका सन्ध्या हेंग्वजुले पनि आ आफ्नो धारणा राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here