छालिङका वडा अध्यक्ष सहित तीन जना मिलेर स्थानीयलाई कुटपिट

0
538

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक जनालाई मरनासन्य हुने गरी कुटपटि गरेका छन् ।
चाँगु वडा नम्वर ५ मा पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै रहेका पूर्व सैनिक समेत रहेका विश्व खड्का र प्रकास लामिछानेले स्थानीय लक्ष्मण खिचाजुलाई मरनासन्न हुने गरी कुट पिट गरेको स्थानीयले बताएका छन् ।


३२ बर्षको खिचाजुलाई सामान्य विवादमा नै वडा अध्यक्ष र विश्व खड्काले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन् ।
वडा अध्यक्ष र विश्व खड्काले खिचाजुलाई उनैको घर अगाडी पसलमा पाकिङमा राखेको गाडी दादागिरिको शैलिमा हटाउन लगाएको र नहटाएको निहुमा मर्ने गरि कुटिपट गरेको घाइतेका दाजु राम खिचाजुले जानकारी दिए ।


केही हप्ता अगाडी पनि उनले स्थानीयलाई कुटपिट गरेका थिए । प्रहरीमा मिलापत्र गरेका उनले आज फेरी स्थानीयलाई मरनासन्न हुने गरि कुटपिट गरेको प्रहरीले जानकारी दिए ।
घाइतेको भक्तपुर अस्पतालमा उपचार भई रहेको छ । उनको टाउको मुख लगाएत शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको छ । घाइते हार्डवेर वेवसायी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here