हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ-बिजुक्छेँ

0
446

भक्तपुर । “हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ”उक्तविचार नेमकिपा केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेक्राविसंघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा राख्नु  भएको हो । एमालेमा गञ्जागोल आउनुको कारण स्कूलिङ गलत भएर हो । त्यस कारण झूठ बोलेर संगठन गर्नु राजनीतिक बैमानी हो अध्यक्ष रोहितले भन्नुभयो ।

पार्टी कार्यकर्ताहरुको पहिलो प्राथमिकता पार्टी, जनता र देश हो, पद र पैसाका निम्ति स्वार्थ राख्नेहरु कम्युनिष्ट र समाजवादी कदापी हुन नसक्ने उहाँको जिकिर थियो । आत्मप्रशंसा र तारिफबाट हामीजोगिनु पर्छ, आलोचना र आत्मालोचना संगठनका लागि आवश्यक छ । जागिर दिन्छु भनेर गुप्तचर र विरोधीहरुले फसाउने कारण आफ्नो उद्देश्यबाट विचलित नहून अध्ययनमा जोड दिनु आवश्यक रहेको उहाँको भनाई छ ।

नेमकिपाका पार्टी कार्यकर्ताहरुलाई तारिफ गरेर र भाडेर विरोधीहरुले विगार्ने प्रयास गरेकोमा कार्यकर्ताहरु हर्दम सजक हुनुपर्छ । गाउँ गाउँका जाली फटाहा र शोषकहरु जिउँदै रहेकाले सक्रिय भएर लाग्न विद्यार्थीहरुलाई निर्देशनदिदै अध्यक्ष रोहितले भन्नुभयो ।

शत्रुको बिचमापनि पसेर लेनिनवादी सिद्धान्त अनुशार प्रतिक्रियावादी भन्दा पनि प्रतिक्रियावादी संगठनमा गएर देशको र जनताको सेवागर्न पार्टी निदेशन अनुशार काम गर्नु पर्ने उहाँले औल्याउनुभयो । हिन्दुस्तानसंगको सन्धी सम्झौतामा नेपाल हार्नुका कारण हाम्रा अधिकारीहरु अयोग्य भएकोले हो । तसर्थ, विद्यार्थी संगठनमा लागेका साथीहरुले विशिषज्ञता हाशिल गर्नु पर्छ र जुनसुकै क्षेत्रमा पनि निश्वार्थ रुपमा सेवा गनुपर्छ ।

प्रशिक्षणमा नेक्राविसंघ पूर्व अध्यक्ष सविन ख्याजूले अध्ययन र लेखनमा विकास गरि संगठनलाई चलायमान बनाउनु पर्छ भन्नुभयो । अन्य संगठनबाट सैद्धान्तिक छलफल भन्दा पनि व्यक्तिगत लाभका लागि मात्र फोन आउने गरेकोमा आश्चर्य प्रकट गर्दै नेक्राविसंघले सैद्धान्तिक अध्ययन र छलफलमा जोड दिन आग्रह गर्नुभयो ।

तयारी समितिका संयोजक प्रकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रम सचिव रमेश प्रजापतिले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here