चाँगुनारायण नगरलाई बालमैत्री नगर घोषणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम

0
380

भक्तपुर,२० चैत्र । भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणासम्बन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गराउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई नगरस्तरीय दुई दिने अभिमुखीकरण सञ्चालन गरेको हो । पालिकाले आफ्नो नगरभित्रका सबै संघ संस्था तथा क्षेत्रहरुलाई बालबालिका अनुकुल बनाउनको लागि नगरभित्रका सम्पूण संघसंस्था तथा स्थानीय नागरिकहरुलाई अभिमुखीकरण गरेको हो ।

दुई दिने अभिमुखीकरण कार्यक्रम चैत १९ र २० गते सञ्चालन हुने छ । महिला तथा बालबालिका शाखा प्रमुख नीला घिमिरेले नगरलाई बालमैत्री बनाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको बताइन । उनका अनुसार नगरपालिकाले आगामी ८ महिनाभित्र चाँगुलाई बालमैत्री नगरको रुपमा स्थापित गरिने त्यसको लागि आवश्यक तयारी समेत हुनेछ ।

नगरप्रमुख सोमप्रसाद मिश्रले नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गर्ने आफ्नो सपना रहेको उल्लेख गरे । विकास भौतिक पूर्वाधारमा मात्रै हुदैन । यहाँको सामाजिक, मानसिक र विविध पक्षमा पनि गर्न आवश्यक छ । सोही अनुरुप हामीले बालमैत्री नगर बनाउने उदेश्य लिएका हौ । उनले भने, बालमैत्री नगर बनाउन कार्य ढिला भइसकेको महसुस मैले गरेको छु । अव आवश्यक तयारी गरी चाँडै बालमैत्री नगरको रुपमा घोषणा समेत गर्ने छौँ ।
कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका विद्यालयका प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग सञ्चालकहरु समेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here