पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति नेक्राविसंघको विरोध

0
336

भक्तपुर, २४ चैत्र । नेपाल आयल निगमले २०७७ साल चैत्र २३ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्य वृद्धिको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध एवम् भत्र्सना गरेको छ ।

नयाँ वर्ष २०७८ साल शुरु हुनु अगावै निगम घाटामा परेकोे दावी दोहोर्‍याउँदै २ महिनायता तेस्रो पटक मूल्य वृद्धि हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि सँगै दैनिक जीवनका उपभोग्य वस्तुहरुको पनि मूल्य वृद्धि हुने निश्चित छ । मूल्य वृद्धि तत्काल फिर्ता गर्न र निगम भित्रको अनियमितता नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्न नेक्राविसंघले विज्ञप्तिमा भनेको छ ।

उक्त विज्ञप्तिमा “घाटामा रहेको निगमले वर्षेनी आफ्ना कर्मचारीलाई बोनस बाँडेको छ, सेवा सुविधा बाँडेको छ । निगम सुक्दै आउनु तर त्यहाँका कर्मचारी र कालाबजारीहरु मोटाउँदै जानुको कारण निगम भित्रको भ्रष्टाचार नै हो भनि उल्लेख गरको छ । निगमका भ्रष्टाचारी र कालाबजारीहरुलाई कडा कारबाही गर्न पनि संघले सरकारको ध्यानाकर्षण गरेको छ । ”

नेपाल सरकारले इन्डियन आयल कर्पोरेशनसंग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । सरकारले छिमेकी देशहरु चीन, बंगलादेश, पाकिस्तान र अन्य मित्र देश बाट पनि पेट्रोलियम पदार्थ खरिद गर्नुपर्छ । सरकारले वैकल्पिक ऊर्जाका स्रोत,विद्युतीय गाडी सञ्चालन, जलविद्युत र सौर्य ऊर्जा लगायतलाई जोड दिनु आवश्यक छ । भारतीय नाकाबन्दीको समयमा चीनबाट पेट्रोलियम पदार्थ अनुदान लिएको सरकारले पेट्रोलियम पदार्थ भारतबाट मात्र खरीद गर्ने सम्झौता गर्नु भारतीय एकाधिकार पुँजीको पञ्जामा पर्नु हो । नेपालका नदीनालाहरु भारतलाई सुम्पेर नेपाल जलविद्युत माधनी बन्न सक्दैन भनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाली जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्व फिर्ता नेपाल क्रान्तिकारी विद्यार्थी संघले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here