पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न नेक्राविसंघको आन्दोलन जारी

0
190

काठमाण्डौ,२७ चैत्र । नेपाल आयल निगमले २०७७ साल चैत्र २३ गते लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी संघले मूल्य वृद्धि खारेज गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

नेक्राविसंघका केन्द्रीय संयोजक प्रकाश गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई ७ बुंदे माग सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र हस्तान्तरण गर्नुहुँदै संयोजक गुरुङले जनताको दैनिक जनजीवन संग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्नुपर्ने बताए । निगम घाटामा जानुको कारण निगम भित्रै हुने गरेका आर्थिक अनियमितता, भ्रष्टाचार र कालोबजारी प्रमुख कारण रहेको गुरुङको भनाई थियो । संयोजक गुरुङले भ्रष्टाचारी र काला बजारीहरुलाई कडाभन्दा कडा कारबाही गर्न निगमको ध्यानाकर्षण गरे ।

भारतको आइओसीसंग मात्र निगमले पेट्रोलिय मपदार्थ खरिद गर्ने सम्झौता गर्नुले नेपालमा भारतको एकाधिकार कायम हुने साथै भारतीय नाकाबन्दीको समयमा चीनसँग पेट्रोलियम पदार्थ अनुदानमा सहयोग लिएको निगमले भारत बाहेक अन्य मित्र देशबाट पेट्रोलियम पदार्थको आपूर्ति गर्नेतर्फ चासो नदेखाउनु आपत्तिजनक विषयभएको संयोजक प्रकासले जानकारी गराएको छ ।
ज्ञापन पत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि अविलम्ब फिर्ता लिनुपर्ने, निगम भित्रको अनियमितता नियन्त्रण गरी भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, कर्मचारीलाई बोनस तथा सेवा सुविधा वितरण रोक्नु पर्ने, भारत बाहेक अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपर्ने, भण्डारण क्षमता बढाई सस्तो र सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने मागहरु उल्लेख छन् ।
ज्ञापन पत्र बुझिलिँदै निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरुप्रति निगम सकारात्मक रहेको र निगमले गर्नुपर्ने कर्तव्यहरु पूरा गर्ने बचन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here