भक्तपुरमा ८ रात नौ दिन सम्म मनाईने बिस्का जात्रा आजबाट सुरु

0
249

भक्तपुर ।  भक्तपुरमा ८ रात नौ दिन सम्म मनाईने बिस्का जात्रा आजबाट सुरु भएको छ ।काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा सुरु भएको हो ।

यसवर्ष दिउँसो ४ बजबाटे भैरवनाथको रथ (भैल खः) तान्न सुरु गरीएको हो । रथ आज टौमढीबाट तानेर गाहीटीमा राखे पछि आजको जात्रा सम्पन्न हुन्छ ।

चैत्र ३१ गते खलाँ हुँदै योसींख्योसम्म लगे पछि योसीँद्यो (लिंगो) ठड्याउन सुरु गरिन्छ । २०७८ साल बैशाख १ गते योसीद्यो (लिंगो) ढालीसके पछि रथलाई तानेर गःहीटीमा ल्याई ठुलो रथ( भैल खः ) र सानो रथलाई जुढाउने चलन छ । वैशाख २ गते टोल टोलमा रहेका बिभिन्न देबीदेवताहरुको जात्रा हुन्छ भने बैशाख ५ गते पुनः भैरवको रथ तानेर टौमढीमा पुर्‍याए पछि बिस्केट जात्रा सम्पन्न हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here