आज ठिमीमा सिंन्दुर जात्रा मनाउदै

0
95

भक्तपुर, २ चैत्र । आज भक्तपुरको मध्यपुर ठिमीमा धुमधामका साथ सिन्दुर जात्रा मनाउदै छ । विस्का जात्राको छैठौ दिन अर्थात बैशाख २ गते सिन्दुर जात्रा भव्य रुपमा मनाइन्छ ।

उक्त सिन्दुर जात्रामा ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर परिक्रमा गर्ने प्रचलन छ ।

खटमा मूल देवता राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाइने गरिन्छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली रमाइलो गर्ने गर्दछ । उक्त सिन्दुर जात्रामा बाहिरबाट हेर्न आउने जात्रालुहरुलाई अनुमति विना सिन्दुर जबर्जस्ती लगाने भने गर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here