विद्यालय तत्काल बन्द गर्नु, नमान्नेलाई कार्यवाही गर्नु : संसदीय समिति

0
200

काठमाडौँ । कोरोना सङ्क्रमणको गतिलाई नियन्त्रणमा राख्न भौतिक उपस्थिति हुने गरी पढाइ नगर्न र वैकल्पिक विधिमार्फत कक्षा सञ्चालन गर्न संसद्को समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सरकारलाई कोरोना सङ्क्रमणको गतिलाई नियन्त्रणमा लिन र जोखिम कम गर्न तत्काल विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

बैठकले विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पनि विद्यालय बन्द नहुँदा जोखिम बढेको निष्कर्ष निकालेको हो ।समितिले विद्यालय बन्द भएपछि शिक्षण सिकाइका लागि वैकल्पिक विधिमार्फत पठनपाठन गर्न गराउन पनि निर्देशन दिएको छ । यस्तै विद्यालय बन्द गर्न नमान्नेलाई कडा कार्यवाही गर्नसमेत समितिले निर्देशन दिएको छ ।

समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर यो निर्णय लिएको हो । निर्देशनमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरूले पालना गर्न जरुरी भएकाले यसमा कडाइ गर्न जरुरी रहेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here