भक्तपुरमा दिनभर ‘सगुन जात्रा’

0
229

भक्तपुर,५ वैशाख । बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा देवतालाई सगुन चढाउने जात्रा सम्पन्न भयो । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ। बिस्का जात्राको आठौं दिन भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुण पुजा विहानैदेखि धुमधामका साथ मनाएको हो । सांस्कृतिक तथा धार्मिक महत्व बोकेको भक्तपुरका देवीदेउताहरुको सगुण पुजालाई बिस्का जात्रालाई विशेष पर्वका रुपमा पनि लिइन्छ ।

बिस्का जात्राको आठौं दिन अर्थात हरेक बर्षको वैशाख ४ गते यो जात्रा यसरी नै यहाँं धुमधामका साथ दिनभर मनाइन्छ । बिस्का जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्छ भने यो दिन भने नगरभरि जात्रा चल्ने गर्दछ ।

यस जात्रामा भने महिलाहरु लस्करै परम्परागत हाकुपटासीमा हिँड्छन् । स्थानीय बाजा-गाजा सहित नगर परिक्रममा गर्ने गर्दछ । नगर भित्र रहेको ३३ स्थानमा देवतालाई सगुन चढाउने गर्दछ । उक्त सगुन चढाउने स्थानमा देवतालाई देवताघरबाट बाहिर निकालेर टोलटाटोलमा ल्याएर राखेको हुन्छ ।

सगुन यात्रामा सूर्यमढीबाट दतात्रय, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै तलेजु, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेर जात्रा अन्त्य हुन्छ ।

यो दिन विषय दिनको रुपमा पनि लिने गर्दछ । एकै दिन सबै देवतालाई पुजा गर्ने दिन भएकोले पनि यस दिनलाई विशेष दिनको रुपमा पनि लिने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here