कोरोना माहामारीको उच्च जोखिम परेका स्थानमा शैक्षिक संस्था बन्द हुने

0
176

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना माहामारीको उच्च जोखिममा परेका ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौँ उपत्यकाका सबै महाहानरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समोवश गरिएको छैन ।

उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ ।

मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठन–पाठन सुचारु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here