सम्पतिको नाममा केवल दुई वटा कम्वल

0
208

उहाको निजि सम्पतिको नाम केवल दुई वटा कम्वल एउटा सुतीको खास्टो , दुई वटा खैरो रंगको बर्दी , जुन हामि साधारण सैनिकले लगाउने जस्तो खालको थियो र अर्को एउटा खैरो रंगको स्वीटर थियो यी सबका अतिरिक्त उहाँ संग एउटा बिग्रको छाता थियो। खानको लागि एउटा भाडा भियो। नौ वटा खल्ती भएको उहाँको एउटा झोला थियो ,जसमा उहाँ आफ्ना नक्सा,दस्तावेज र कितावहरू राख्नु हुन्थ्यो।
अभियानमा क्रममा वा मार्च गर्ने बेलामा त्यो झोला र छाता आफै लिएर हिड्नु हुन्थ्यो। बाकी सामान मात्र म लिएर हिड्थे।
जब हामि क्याम्पतिर पुग्दथ्यो , तब म काठका दुई वटा तख्ताहरू खोजेर ल्याउँथें र त्यसलाई जोडेर जमिनमा ओछ्याइदिन्थे। त्यसमाथि दुई वटा कम्वल विछ्याईदिन्थे। यही नै उहाँको विस्तर हुन्थ्यो।

राती उहा धेरै कम सुत्नुहुन्थ्यो।हामिसंग एउटा सानो लालटिन थियो। मार्चको रुपमा बाटो देखाउनको लागि यसलाई मलालको रुपमा उपयोग गरिन्थ्यो। तब अफिसमा यसको उपयोग गर्नका लागि यलाई कुनै ईटामाथि राखिन्थ्यो।
रातको भोजनपछि उहाँ यस लालटिन बाल्नु हुन्थ्यो,आफ्नो झोला खोज्नु हुन्थ्यो र आफ्ना नक्सा,दस्ताबेज एवं किताव,कागज र कलम निकाल्नु हुन्थ्यो।कागज र कलम निकाल्नु हुन्थ्यो।कहिले काहि त उहा विहान हुँदासम्म काम गरिरहनु हुन्थ्यो।

अनुहारमा ताजापन ल्याउन रूमाललाई पानीमा भिजाएर ,त्यसबाट आफ्नो मुख र कहिलेकाही शरीर पनि पुछने गर्नु हुन्थ्यो।

जब उहालाई भोक लाग्दथ्यो ,तब म “चामलको सैंडविच” (पाकेको चामलको दुई तहका बीचमा साग सब्जी राखेर बनाइने खाना) तताउँथे जुन तेस्रो प्रहरको खानाको समय उहाँखानु हुन्थ्यो।कहिलेकाही उहाँ आफ्नो थालभरिको खाना सबै खान सक्नु हुन्थ्यो ,यसैले त्यसलाई पछि खानका लागि म कागजले ढाकेर राखीदिने गर्थे। सबै  एक दिन थाखिएको बाँकी खाना फ्याँकिन पुग्यो , तर कमिसार माओलाई यस बारेमा केही थाहा भिएन। अर्को दिन त्यही बाँकी चामल खानस आवश्यक सध्केर माओले भन्नु भयो हिजो मैले बाँकी राखिछोको खाना कहाँ गयो नि

माओले यसको लागि उनलाई आलोचना गर्नु भयो र भन्नु भयो “चामलको उब्जाउँछ।भपजष्यमा मैले जे सुकै बाँकी राखे तापनि त्यसलाई कहिल्येै  नफ्याँक्नु होला।”

अभियानको समयमा धेरै जसो कुनै न कुनै स्थानलाई कब्जा गरिन्थ्यो र युद्दमा शत्रुहरुको सामान पनि हात पथ्यो। तर माओ आफ्नो लागि केहि पनि लिनु हुन्नथ्यो।सबै कुरा अस्पतालको लागि पठाउनु हुन्थ्यो। शुरुमा खानाका लागि उहाँसंग एउटा थाल बाहेक अरु केहि पनि थिएन। फरवरी १९३४ मा जव फुच्चेमाथि कव्जा गरियो ,त्यसबेला मात्र यहाँको लागि तीन डिब्बा भएर टिफिन क्यारियरको व्यवस्था गर्न सकियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here