भारतमा एकैदिन तीन लाख कोरोना भाइरसका संक्रमितलाई निको

0
128

काठमाडौं । भारतमा आइतबार एकैदिन तीन लाखको संख्यामा कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । आइतबार २ लाख ९९ हजार ८०० जनालाई निको भएको हो । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो ।

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ६२ लाख ८१ हजार ७३८ पुगेको छ । भारतमा आइतबार एकैदिन विश्वकै सबैभन्दा बढी ३ लाख ६९ हजार ९४२ जना संक्रमित थपिए । योसँगै भारतमा कुल संक्रमित १ करोड ९९ लाख १९ हजार ७१५ पुगेका छन् ।

हाल ३४ लाख १० हजार ४२६ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार मात्रै ३ हजार ४२१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार ९४५ रहेको छ । भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here