छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

0
301

भक्तपुर,७ जेठ २०७८ । भक्तपुरको छालिङ्गमा २६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खापको दोस्रो मात्रा लगाएको हो । जेठ ५ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरेको हो । जेठ ५ गतेका दिन ८० जनाले दोस्रो मात्रा लगाए भने जेट ६ गते १२३ जनाले खोप लगाएको हो । आज शुक्रबार भने ६३ जनाले खोप लगाएको छ । आज सम्म छालिङ्गमा २६६ ले खोप लगाउको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा गएको बर्षको चैत्र २५ गतदेखि वैशाख १६ गतेसम्म संन्चालन गरेको खोपमा ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । चाँगुनारयाण नगरपालिकामा मात्र ८ हजार ५सय ४३ जनाले पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चाँगुनारयाणमा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ । सो दोस्रो मात्राको खोप भने जेठ १३ गतेसम्म दिने तालिका रहेको छ ।

आज प्राप्त खबर अनुसार चाँगुनारयाण नगरपालिकामा जम्मा कोरोना संक्रमित १८ हजार ३० जना रहेकोमा पुरुष एक हजार ९६ र महिला ७ सया ३४ जना रहेको छ । सक्रिय संक्रमित भने ५ सय ६६ जना रहेकोमा पुरुष ३ सय १९ जना र महिला २ सय ४७ जना रहेका छ । यस्तै होम आइसुलेसनमा ५ सया ३४ जना रहेकोमा पुरुष २ सय ९५ जना र महिला २ सय ३९ जना रहेको छ ।

यस्को साथै अस्पतालमा बस्ने जम्मा ३२ जना मात्र रहेको छ । जसमा २४ पुरुष र ८ जना महिला रहेको छ ।
यसका साथै अहिले सम्म संक्रमण मुक्त हुँनेमा ७ सय ६१ पुरुष र ४ सय ८० जना गरि जम्मा १ हजार २ सय ४१ जना संक्रमण म्ुक्त भएको छ । त्यस्तै मुत्यु हुनेमा १६ पुरुष र ७ महिला सहित २३ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here