सपथ लिन औपचारिक पोशाक चाहिने, हटाइयो ‘प्रतिज्ञा गर्दछु’

0
77

काठमाडौँ । सरकारले जारी गरेको नयाँ अध्यादेशअनुशार सपथ लिन औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ।

सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो। यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै’ प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेसँगै विवाद उत्पन्न भएपनि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो।

अध्यादेशमा प्रधानमन्त्रीले भन्न अस्वीकार गरेको’प्रतिज्ञा गर्दछु’ भन्ने नयाँ सपथको ढाँचामा हटाइएको छ। त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय सपथ अघि नै जानकारी गराउनुपर्ने छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here