आज २५६५औँ बुद्ध जयन्ती

0
151

भक्तपुर १२ जेठ २०७८,बुधबार । आज २५६५औँ बुद्ध जयन्तीलाई परेको छ । यस जयन्ती वैशाख पूर्णिमा, चण्डि पूर्णिमा, स्वाँया पुन्हि भनी उक्त दिन बुद्ध जयन्ती मनाइने चलन छ ।

नेपालमा थेरावाद, महायान र वज्रयान सम्प्रदायका मानिसहरूले प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउँदै आइरहेका छन् ।

कोरोना भाइरसको नयाँ रुपले फेरि देशमा ठुलो क्षति गराएकाले यो वर्ष बुद्धलाई स्मरण गरी केवल पूजापाठ तथा दीप प्रज्वलन गरी मनाइएको छ । गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्ध जयन्ती पूजापाठमा मात्र सीमित भएको थियो ।

बौद्ध सम्प्रदायका अनुयायीहरूको जीवन पद्धतिको रूपमा चलिआएको गतिविधिमा गत वर्षदेखि विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले असर पारेको हो । परिस्थितिअनुसार बुद्ध जयन्तीलाई आन्तरिकरूपमा स्वास्थ्यलाई ध्यानमा राखी मनाउन आग्रह गरिएको छ ।

नेपाल सहित भुटान, थाइल्यान्ड, म्यानमार, मङ्गोलिया, कम्बोडिया, श्रीलङ्का, लाओस्, कोरिया, जापान, चीनलगायतका देशमा बुद्ध जयन्ती मनाउने परम्परा छ । गौतम बुद्धको २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here