उपत्यकामा एक हजार ४९३ संक्रमित संक्रमित थप

0
82

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४९३ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा संक्रिय संक्रमितको सङ्ख्या एक लाख १७ हजार ७७ पुगेको छ ।

गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला बुधवार संक्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । यस अवधिमा छ हजार ७१४ नयाँ संक्रमित थपिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा नयाँ संक्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको सङ्ख्या छ हजार ८४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here