ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

0
221

भक्तपुर, २३ जेठ २०७८ आइतबार । गत बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेको छ ।

बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी ऊनी त्यसपछि सम्पर्क विहिन भएकी हो । सुनमायाको शव नालाको जंगलमा नाम्लोको डोरी पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।

उनको घरमा पनि कुनै किसिमको झगडा नपरेको र उनको मानसिक अवस्था पनि ठीक रहेको बताएको छ। एक छोरा, एक छोरी र श्रीमानका साथ बस्दै आएकी सुनमायाले किन मृत्युको बाटो रोजिन् त्यो खुल्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here