चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

0
102

भक्तपुर, २४ जेठ २०७८ सोमबार । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारणगरेको हो ।

उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष मनीराज केसीले हस्तान्तरण गरेको हो ।

यो महामारीमा अस्पतालले अक्सिजन सहज रुपमा बिरामीहरुलाई उपलब्ध होस भनि हामीले चाँगुनारायण नगरपालिकालाई वितरण गरेको अध्यक्ष मनीराज केसीले बताए । उक्त अक्सिजन कन्सन्ट्रेटर करिब ७ लाख ५० हजार बराबरको सामान रहेको केसीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here