छुटेका पत्रकारलाई खोपको पहिलो मात्रा लगाइदिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आग्रह

0
123

काठमाडौ । कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका पत्रकारहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइदिन सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप लगाउन छुटेका आफ्ना प्रदेशमा कार्यरत प्रत्रकारहरुलाई खोप लगाइदिन जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आज प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।
पत्रकार महासंघ बागमती प्रदेश समितिको आग्रहमा मन्त्रालयले पहिलो डोज खोपका लागि आवश्यक समन्वय र सहजीकरणका लागि भनेको जनाएको छ ।
पत्रकार महासंघ बागमती प्रदेश समितिले धेरै पत्रकार खोपको पहिलो डोज लगाउनबाट छुटेको भन्दै लगाउने व्यवस्था मिलाइ दिन भन्दै जेठ २४ गते मन्त्रालयलाई पत्राचार गरेको वरिष्ठ स्वास्थ्य प्रशासक डा।पुरुषोत्तम राज सेढाईद्वारा पठाइएको पत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here