फ्रान्स समूह विजेता, जर्मनी र पोर्चुगल पनि अन्तिम १६ मा

0
99

काठमाडौं, १० असार २०७८ बिहिबार । युरो २०२० अन्तर्गत समूह ‘एफ’ बाट फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। यस्तै जर्मनी उपविजेता र साविक विजेता पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्।

बिहीवार विहान सम्पन्न खेलमा पोर्चुगल र फ्रान्सले २-२ गोलको बराबरी खेले। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड करिम बेन्जिमाले दुई दुई गोल गरेका  थिए।

खेलको ३० मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेर पोर्चुगललाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा बेन्जिमाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए।

४७ मिनेटमा बेन्जिमाले गोल गर्दा फ्रान्स २-१ ले अघि रह्यो। ६० मिनेटमा रोनाल्डोले दोस्रो पटक पेनाल्टीबाट गोल गर्दा पोर्चुगलले खेल २-२ को बराबरीमा ल्यायो।

यता समूहको अर्को खेलमा हंगेरी र जर्मनी पनि २-२ गोलको बराबरि खेले। हंगेरीलाई सुरुवाती अग्रता दिलाउने क्रममा सजालाईले ११ मिनेटमा पहिलो गोल गरे। तर ६६ मिनेटमा जर्मनीका हाभर्ट्जले बराबरी गोल फर्काउन सफल भए। ६८ मिनेटमा हंगेरीले स्चफरको गोलबाट खेलबाट दोस्रो पटक अग्रता लियो। तर ८४ मिनेटमा गोरेट्ज्काले जर्मनीका लागि बराबरी गोल गरे।

यससँगै फ्रान्स ५ अंक जोडेर समूह विजेता बन्यो। जर्मनी ४ अंक जोडेर समूह उपविजेता बन्दा ४ अंक नै जोडेको पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्यो। २ अंक जोडेको हंगेरी बाहिरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here