स्पेन क्वार्टरफाइनलमा प्रवेश, क्रोएसिया युरोकपबाट बाहिरियो

0
95

विश्वकपको साविक विजेता टोली क्रोएसिया जारी युरोकप २०२० बाट बाहिरिएको छ ।

सोमबार डेनमार्कमा भएको प्रिक्वार्टरफाइनल खेलमा स्पेनसँग ५–३ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यो जितसँगै स्पेन भने प्रतियोगिताको क्वार्टरफाइनल चरणमा पुगेको छ ।

स्पेनलाई जितका लागि भने ३० मिनेटको अतिरिक्त समय खेल्नुपरेको थियो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा टुङ्गिएपछि खेल थप ३० मिनेट लम्बिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here