उपत्यकामा एक घण्टाकाे अन्तरालमा ७० मिलिलिटर पानी पर्यो, यो क्रम भोलिसम्म रहने

0
246

काठमाडौँ, असार २६ गते । आज काठमाडौँ उपत्यकामा एक घण्टाको अन्तरलमा ७० मिलिटर पानी परेको छ । आज विहान ८ स् ४५ देखि साँझ ५ स् ४५ सम्म नौ घण्टाभित्र ६८।२ पानी परेको थियो भने एक घण्टाको अन्तरलमा ७० मिलिटर पानी परेको देखिएको हो ।

आज देशका थुप्रै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भोलिसम्म यो क्रम जारी रनेछ । “यो धेरै भारी वर्षा हो, यो क्रम आज राति र भोलिसम्म रहन्छ,” मौसमविद श्रेष्ठले भन्नुयो । आज दिनभर र राति बागमती प्रदेशलगायत प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै जसो ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी तथा चुरे भई बहने केही स-सना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक aहाव हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन मौसमविद श्रेष्ठले आग्रह गर्नुभयो ।

त्यस्तै, मौसमविद अमरकृष्ण बासीका अनुसार आज देशभर मेघगार्जनसहित भारी भर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भएको वर्षाले सडक तथा बस्तीमा पानी जमेको छ भने देशभर सामान्यदेखि पूर्ण बदली रहने उहाँले बताउनु भयो ।

काठमाडौँ उपत्यकाको तीन जिल्लामा बाढी तथा पहिरोका कारण त्यस्तो अप्रिय घटना नभएको केन्द्रिय प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताउनुभयो । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले नदी नाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने र दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा प्रवक्ता कुँवरले अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here