वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएको भन्दै कुटपिट गर्दा एकको मृत्यु

0
62

सप्तरी । वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा सप्तरी शुक्रबार एक जनाको मृत्यु भएको छ ।

कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा आज मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो । सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हिजै परीक्षण भएको छ ।

आरोपितको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here