मेथड कन्सल्टेन्सीको अनुरोध, भवन निमार्ण गर्दा यस्ता कुरामा पनि ध्यान दिने कि ?

0
163

विगत दुई दशकदेखि भुकम्प प्रतिरोधात्म एवं गुणस्तरीय भवन निर्माणमा प्रतिवद्ध भई मेथड कन्सल्टेन्सी निरन्र रुपमा निःशुल्क परामर्श दिदै आइरहेको छ । मेथड कन्सल्टेन्सीले भबन निमार्ण गर्दा निम्न अनुसार कुराहरुमा ध्यान दिन अनुरोध गरेको छ ।
१.जगमा ढलान गर्दा माटो राम्ररी पन्छाऔं । किनभने माटो सिमेन्टको शत्रु हो ।
२. ताजा सिमेन्ट प्रयोग गरौं । सिमेन्टको बोरामा उत्पादन मिति हेर्ने नछुटाऔं ।
३.ओ.पी.सी.र पी.पी.सी सिमेन्ट फरक फरक प्रयोजनका लागि बनाइएका हुन् । मुख्य मुख्य ढलान (जग ,बीम,पिलर,स्ल्याब र भर्‍याङ्ग ) मा सकभर ओ.पी.सी. सिमेन्ट नै प्रयोग गरौं ।
४.मुख्य मुख्य ढलान( जग,बीम ,पिलर,स्ल्याब र भर्‍याङ्ग ) गर्दा भाइब्रेटर र मिक्सर मेशिन अनिवार्य रुपमा प्रयोग गरौं ।
५.७ मि.मिको डण्डी,पिलर र बीममा रिङको रुपमा प्रयोग नगरौं ।
६. हेरक निर्माण सामग्री(डण्डी ,सिमेन्ट,गिट्टी ,बालुवा र ईट्टा) को गुणस्तरमा ख्याल गरौं ।
७. निर्माणपुर्व नै आफ्नो भवनको साकार नमुना बनाऔं ।
८. ईट्टा देखिने भित्ताको बाहिरी मोहडामा रङ नलगाऔं ।
९. भर्‍याङ्ग मुनी ट्वाइलेट नराखौं ।
१०.कोठा र ट्वाइलेटमा प्रकाश र हावाको आवत जावतमा ख्याल राखौं ।
११ं मौलिक एवं परम्परागत भवन निर्माणमा जोड दिऔं । दुई पाखे छानामुनि पानी ट्याङकी राखी नगरको सौन्दर्य बढाऔं ।
१२. भंगेरा, परेवा लगायतका चराहरु मानव नजिक रहने प्राणी भएकोले उनीहरुको बास्थान सहितको वातावरण मैत्री भवन निर्माण गरौं ।
१३. भुकम्पले असर गरेको घर आफुखुसी मर्मत नगरौं ।
१४.अनुभवी आर्किटेक्ट,इन्जिनियरबाट भवन डिजाइन तथा सम्बन्धित प्राविधिकको प्रत्यक्ष निगरानीमा मात्र निर्माण गरौं ।

थप जानकारीको लागि मेथड कन्सल्टेन्सी संग परामर्श लिन सकिन्छ । साथै फोन(०१६६२०६६८) मार्फट पनि परामर्श लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here