नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए पद तथा गोपनीयताको शपथ ,देउवा पाँचौ पटक प्रधानमन्त्री

0
123

भक्तपुर,२९ असार २०७८ मंगलबार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो। पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन्।

देउवासँगै कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनादर्न शर्मा प्रभाकर र ऊर्जामन्त्रीका रुपमा पम्फा भुसालले पनि शपथ लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here