किस्ता भुत्तानीकालागि बैंकबाट यसरी नै दबाब आइरहे गाडीको साँचो बैंकलाई नै बुझाउनु पर्ने अवस्था आउँछ – ज्ञानेन्द्र महर्जन

0
235

भक्तपुर , ३० असार २०७८ बुधबार । यतिबेला यातायात क्षेत्रमा संकटको अवस्थाको सृजना परेको छ । कोरोना भाइरसका कारण यातायात क्षेत्र आर्थिक संकटमा परेको हो । कोरोना भाइरसको कारण यातायात क्षेत्र प्रायः ठप्प छ । सरकारले जारी गरेको लकडाउन त्यस पछिको निषेधाज्ञाले यतिबेला व्यवसाय धरापमा परेको छ ।

भक्तपुर मिनिबस सेवा समितिका पुर्व अध्यक्ष एव यातायात व्यवसाय ज्ञानेन्द्र महर्जनका अनुसार बन्दाबन्दीका कारण यातायात व्यवसाय जर्जर अवस्थामा पुगेको छ । यातायात क्षेत्र ठप्प भएको कारण बैंकको किस्ता, मजदुरको तलब तथा दैनिक जनजीवन व्यवस्थापन गर्न समस्या भएको छ । ‘गाडी नचलेका कारण यातायात व्यवसायीको आम्दानीको स्रोत गुमेको छ, स्रोत गुमेपछि बैंकको किस्ता, कर्मचारीको तलब भत्ता, गाडीको नियमित मर्मत सम्भार, बिमालगायत काम प्रभावित भएको छ’,महर्जजन बताए । हातमा सिप छ, नेपालमै बसेर केहि गर्छु भनि घरखेत बन्डक राखेर बैंकबाट चर्काे व्याज भएपनि तिर्न सकिने आशाका त्यान्द्राहरु बोकेर चलाइरहेको गाडी अचानक रोक्नु पयो । अचानक रोक्नु परेको गाडी लकडानको छ महिना सम्म हामी महामारी रोग हो हामी बाचे फेरि कमाउला भनि अथोडका साथ कुरेर बसे । नयाँ बर्षपछि फेरि काम सुरु गरौला भनि बस्दै गर्दा बैंबबाट फोन आउँछ । हजुर किस्ता तिर्ने आउनुस । एक छिन चुप…. यसरी नै सुनाए महर्जनले ।

सडकमा गुड्ने अधिकांश सवारीसाधन बैंकबाट चर्को ब्याजमा ऋण लिएर सञ्चालनमा छन् । महर्जनका अनुसार बस खरिदमा करिब ३० प्रतिशत व्यवसायीको लगानी र ७० प्रतिशत बैंकको ऋणमार्फत लगानी गरेको छ । यसरी यो व्यवसायमा अधिकांश लगानी बैंक क्षेत्रकै छ । यातायात सुरु नहुँदा बैंकको कर्जा, बिमा भुक्तानी, कर्मचारीलाई तलब दिने समस्याले जरो गाडिसेको छ । यसबाहेक लामो समयदेखि थन्किएका कारण पार्टपुर्जामा खिया लागेर मर्मत सम्भार गरी सञ्चालन गर्दा अतिरिक्त खर्च थप समस्याका रुपमा अघि तेर्सिएको छ।
ज्ञानेन्द्र महर्जनले हिसाब देखाउदै भने लकडाउन हुन छ महिनाको कुरा सामान्यतया २०१४ मोडेलको गाडीको मार्षिक रुपामा बैकमा ३३ हजार किस्ता तिर्नु पर्छ , चालक र सहचालकलाई मसिक ७ हजार(६ महिनामा ४२,०००) ,समितिलाई बुझाउनु पर्ने ११ हजार(६महिनमा ९६,०००) ,ट्रेफिक जरीवाना छ महिनामा ९ हजार र मर्मत २२ हजार गरि जम्मा छ महिनामा जम्मा गर्दा ३,९६,००० रुपैया खर्च भयो भने आम्दानी मासिक २२,००० को हिसावले छ महिनामा १,२३,००० पुग्न जान्छ । लकडाउनले गर्दा समितिले ३० हजार छुत समेत दिए । गाडी चलाइरहेको अवस्थामा नै २,४३,००० घाटामा चलाइरहेको थिए । तर पनि हामीलाई विस्तारै आम्दानी भइहाल्छ नी भनि आशा थियो । तर आशामा पनि निराशाको सिकार भयौं कोरोना भाइरको र त्यस पछिको लकडाउन निषेधाज्ञा गर्दा । अलि कति आशाका साथ यो बर्षको असारमा विस्तारैयातायात चलाऔं फेरि हिसाब देखाउदै भने आजको बचत ४०० सय, खर्च ३,३०० (तेल,खानाखाजा सहित) । उनले भने खोइ किस्ता तिर्ने पैसा , खोई तलब दिनै पैसा , खोई मर्मत खर्च ।
भक्तपुरमा ख्वप मिनिबस सेवा समितिमा मात्र दर्ता भएको ३२७ वटा गाडी छ । जसमा ६५४ जनाले काम गर्छ । अब तिनीहरुको हालत कस्तो होला महर्जनले सुनाए । उनले दुखेसो पोख्दै सुनाए यातायात क्षेत्रले लुटेर खाए भन्दै समाचार आउदा दुख लाग्यो । चर्काे तेलको मुल्य भएको बेला हामीले भाडा याथावट राखौं ,साथै सिमित सितमा भएपनि यातायात संन्चालन गर्रौ फेरि हामी माथि आरोप लागेकोले दुख लागेको उनले सुनाए ।

अब त यातायात व्यवसाय मात्र होइन यातायात क्षेत्रमाकाम गर्नेहरु पनि मजदुरहरुको पनि विचली हुँने भयो । पछिल्लो छ महिनाको लकडाउनमा तिनीहरु कसरी बस्यौं त्यो कसैले पनि रेकड राखेनौं । यस क्षेत्रमा लाग्ने मजदुरहरुलाई राज्यले कसरी व्यवस्थापन गर्ने भनि र तिनीहरुलाई कसरी बचाउने त्यस विषयमा ध्यान नै देखाएको छैन ।

यता कोभिड–१९ को समस्या निवारणपछि कर्जा नउठ्ला भनेर बैंकलाई चिन्ता छ । बैंकले पनि कर्जातिर्न ताकेता गरेका छन् । आम्दानीको स्रोत नै नभएपछि तोकिएको समयमा किस्ता तिर्न व्यवसायी असमर्थ छन् । यस्तो अवस्थामा किस्ता भुत्तानीका लागि बैंकबाट यसरी नै दबाब आइरहे गाडीको साँचो बुझाउनुको विकल्प नभएको महर्जनले बताए । बन्दाबन्दीका कारण बस सञ्चालन नहुँदा व्यावसायिक क्षति व्यहोर्नुपरेको छ । सार्वजनिक सेवाका लागि खरिद गरिएका करोडौ मूल्यका गाडी ग्यारेजमा थन्किएका छन् । सार्वजनिक यातायातको विषयमा राज्यको प्राथमिकतामा नपरेको यातायातको गुनासो छ ।

मौद्रिक नीतिले व्यवसायीमा केही सकारात्मक ऊर्जा प्रदान गरे पनि कार्यविधिले निरास गरेको छ । व्यक्ति खडा भएर कम्पनी निर्माण भएको छ । अहिलेको व्यवस्थामा व्यक्तिगत ऋणीले कर्जा पाउने अवस्था छैन। कम्पनीमा गएका व्यवसायीले मात्रै सीमित राहत पाउने अवस्था छ । यसले गर्दा धेरै व्यवसायी सडकमा आउन मात्रै बाँकी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here