पुलित्जर पुरस्कार विजेता भारतीय पत्रकार अफगानिस्तानमा मारिए

0
99

काठमाडौं, साउन १ गते । अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् ।

बीबीसीका अनुसार सिद्दीकी भारतीय फोटो पत्रकार हुनुहुन्छ । भारतका लागि अफगानिस्तानका राजदूत फरिद ममुन्जैले रोयटर्स इन्डियाका प्रमुख फोटोग्राफरलाई मृत्यु अघि अफगानिस्तानको युद्धग्रस्त कान्धारमा अह्राइएको थियो । अफगानिस्तानका सुरक्षाकर्मीसँगै हिंड्नुभउका सिद्दीकी चढेको गाडी तालिबानको एम्बुसमा परेको बताइएको छ ।

एकजना अफगानिस्तानका कमाण्डरका अनुसार पाकिस्तान नजिकको सीमा क्षेत्रमा भिडन्तको क्रममा सिद्दीकीसहित एकजना अफगानिस्तान सुरक्षा अधिकारीलाई गोली लागेको हो । सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गर्दै आउनुभएको थियो । पाकिस्तान नजिकको स्पिन बोल्डाक बजार तालिबानबाट नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।

रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्गले घटनाबारे थप जानकारी लिइरहेको बताउनुभएको छ । रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्ग र प्रधान सम्पादक अलेसान्ड्रा गैलोनीले संयुक्त रुपमा जारी गर्नुभएको वक्तब्यमा सिद्दीकी एक असल पत्रकार र परिवारका अभिभावक एवम् सबैले माया गर्ने सहकर्मी रहेको उल्लेख गरेका छन् ।

सिद्दीकीले सन् २०१८ मा पुलित्जर पुरस्कार जित्नुभएको थियो । म्यानमारका रोहिंग्या शरणार्थीबारेको उहाँको समूहको फोटोफिचरले पुलित्जर पुरस्कार जितेको थियो । म्यानमारको अल्पसंख्यक रोहिंग्या शरणार्थीले भोग्नुपरेको समस्या र हिंसाबारे उहाँले फोटोफिचर तयार गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here