स्थानीय उत्पादनलाई ब्राण्ड बनाउँदै चाँगुनारायण 

0
205

भक्तपुर । चाँगुनारायाण नगरपालिकाले आर्थिक वर्ष २०७८- ७९ को बजेट सार्वजनिक गरेको छ ।

पालिकाले शुक्रबार वडा नम्बर ७ स्थित तपा दम्फोको बहुउद्देश्यीय हलमा बजेट सार्वजनिक गरेको हो । पालिकाले नयाँ आर्थिक वर्षको लागि करिब एक अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

पालिकाको ९ नगरसभाले एक अर्ब नब्बे करोड चौसठ्ठी लाख चौरासी हजार दुई सय चौवन्न रुपैँया बजेट सार्वजनिक गरेको हो । कूल बजेटमध्ये एक अर्ब चौबिस करोड दुई लाख चौहत्तर हजार सात सय चौवन्न रुपैँया पूँजीगतमा ६५ दशमलब शून्य पाँच प्रतिशत रहेको छ ।

चालूतर्फ छैसठ्ठी करोड बयसठ्ठी लाख नौ हजार पाँच सय रुपैँया चौंतिस दशमलब सून्य नौ प्रतिशत विनियोजन भएको छ । बजेटमा पत्रकार महासंघको भवन निर्माण गर्नका लागि पालिकाले २५ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यससँग पालिकाको गत वर्षको नीति मेयर उद्यमशीलतका विकास कार्यक्रम, बचत खाता छोरीको सुरक्षा जीवन भरीको लगायत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पालिकाले यस वर्ष आफ्नो स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने भएको छ । नगरभित्र उत्पादन भएका बस्तुलाई व्राण्ड बनाई विक्री गर्ने योजना रहेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here