एमसीसीविरुद्ध नेमकिपाको विरोध जुलुस (फोटो फिचर)

0
228

भक्तपुर । एमसीसीविरुद्ध भक्तपुरमा बुधबार नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा विरोध जुलुस गरेको हो। जुलुसमा सयौंको सहभागिता रहेको थियो।

कमलविनायकबाट सुरु भएको जुलुस भक्तपुर नगर परिक्रमा गर्दै सूर्यविनायकमा पुगेर सभामा परिणत भएको थियो। सभामा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, युवा संघका मिनबहादुर बाटा, विद्यार्थी संघका रमेश प्रजापतिलगायतले एमसीसी देशघाती मात्रै नभई एसियाघाती नै रहेको भन्दै कुनै हालतमा यो स्वीकार्य नहुने बताए।

पार्टीले एमसीसीको विरोधमा दैनिक फरकफरक ठाउँंहरुमा देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here