बज्राचार्य क्लबले बोनम्यारो ट्रान्सप्लाण्टका लागि अर्विनलाई रु १,५१,१११ सहयोग हस्तान्तरण

0
510

काठमाडौ । बज्रशील महाविहार इकुबहालमा बज्राचार्य क्लबद्वारा आयोजना गरेको सामुहिक पञ्चदान कार्यक्रमबाट उठेको रकम रु १,५१,१११ (एक लाख एकाउन्न हजार एक सय एधार) काठमाडौं निवासी रवि तथा अन्जना बज्राचार्यको ५ महिनाको छोरा अर्विन बज्राचार्यको बोनम्यारो ट्रान्सप्लाण्ट गर्नका लागि सहयोग हस्तान्तरण गरेको हो ।

साथै यहि भाद्र २७ देखि २९ सम्म ६ घण्टाको MS Excel Certification Course को कार्यक्रमको प्रमाण पत्र वितरण समेत गरेको थियो। यस कार्यक्रमका सभापति ज्योति बज्राचार्य, अतिथिहरुमा प्रशिक्षक श्री निर्मल बज्राचार्य, संस्थापक अध्यक्ष शैलेन्द्रमान बज्राचार्य, निर्वतमान अध्यक्ष सुजन बज्राचार्य, भूतपूर्व अध्यक्ष विप्लप बज्राचार्य तथा MS Excel Certification Course का संयोजक अल्वर्ट बज्राचार्यले गरेको थियो ।

अर्विन बज्राचार्यको जिवन रक्षाका लागि पञ्चदानबाट उठेको रकम हस्तान्तरण भएतापनि नपुग भएकाले अर्विन बज्राचार्यको खाता नं.089003362W Nepal Bangladesh Bank, Sanepa Branch मा डिपोजिट गरी पुण्य कमाउनु हुन क्लबले अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here