बोडे फुटसलले उचाल्यो हेल्थी फुटसलको उपाधि

0
44

भक्तपुर । हेल्थी फुटसल प्रालि इतबू सूर्यविनायक भक्तपुरको आयोजनामा भएको फष्ट हेल्थी फुटसल ओपन टुर्नामेन्ट २०७८ को उपाधि भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित बोडे फुटसलको पोल्टामा परेको छ । जितपछि बोडे फुटसलले ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

साथै भक्तपुर इन्टरनेशनल पोलिक्लिनिक दोश्रो हुन सफल भएको छ । दोश्रो टिमले २५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वोडे फुटसलका अमोद सर्वाेत्कृष्ट खेलाडी, वुलेट टिमका अभिषेक तामाग सर्वाेत्कृष्ट किपर र न्यातापोल कर्नर टिम अनुशाशित टिम घोषित हुन सफल भए । ती तीनवटै टिमलाई पाँंचपाँंच हजार नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरियो ।

उनीहरुलाई भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । टुर्नामेन्टमा ४३ वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिए । पुरस्कार वितरण समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समितिका महासचिव एवं टेबलटेनिसका चर्चित राष्ट्रिय खेलाडी शिवसुन्दर गोथे, आयोजक हेल्थी फुटसल प्रालि इतबू सूर्यविनायक भक्तपुरका अध्यक्ष श्यामकृष्ण प्रजापतिलगायतले बधाई दिएका थिए ।

प्रतियोगिता गोर्खा इको प्यानललगायतको आर्थिक सहयोगमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here