भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई भक्तपुर घरेलु तथा साना उद्योगबाट स्वागत

0
58
भक्तपुर २०७८ असोज १९ । भक्तपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गर्नु भएका प्रमुख जिल्ला अधिकारी श्री रूद्रादेवी शर्माज्युको सम्मानमा भक्तपुरको मौलिक उत्पादन सहित नेवारी परम्परा अनुसार दहिको सगुन दिई सघमा स्वागत,बधाई तथा सफल कार्यकालको शुभकामना गरेको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी श्री रूद्रादेवी शर्माज्युले घरेलु तथा साना उद्योग नै देश बिकासको मेरूदण्ड भएको कारण ती उद्योगहरू प्रबर्ध्दन गर्न तथा उद्योग दर्ता नबिकरणमा नितिगत समस्या भए आफुले सकेको पहल गरिदिने बताउनुका साथै सहुलियत पुर्णको ऋणको लागि बैकहरू सग अन्तरक्रिया गरिने बताउनु भयो ।

सघका अध्यक्ष प्रेम खर्बुजाले लघु घरेलु तथा साना उद्योगको प्रबर्दन गर्न बिगतमा जस्तै अहिले पनि जिल्ला प्रसाशन कार्यालयबाट साथ सहयोग पाउने बिश्वास राख्दै भक्तपुरका उद्योग उत्थानको लाग महिनाको एकदिन १-२ घण्टा भएपनि समय निकालि ती उद्योगहरूको अध्ययन अवलोकन गर्न आग्रह गर्नु भयो  ।
सघका पुर्व अध्क्ष तथा घरेलु महासघका उपाध्यक्ष श्री चन्दनकृष्ण श्रेष्ठज्युले सघ स्थापना तथा सघले उद्यमी व्यवशायीहरूलाई पुर्याउन्दै आईरहेको सेवा सुविधाहरू बारे जानकारी गराउनु भयो।त्यसैगरी निवर्तमान अध्यक्ष श्री बिरेन्द्र जतिज्युले कोरोनाको पहिलो भेरियन्टमा जिल्ला प्रसाशण कार्यालयको सहकार्यमा भक्तपुरको गाँउ गाँउमा खाद्यन्न लगायत बस्तुहरू सस्तो शुर्लभ तवरमा धरदैलो सेवा दिएको स्मरण गराउँन्दै घरेलु तथा साना उद्योग सघ उद्यमी व्यवशायीहरूको प्रतिनिधमुलक सस्था भएको कारण जिल्ला प्रसाशन कार्यालयले सन्चालन गर्ने कृयाकलापमा यस सघलाई पनि समेट्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय महिला उद्यमी समितिका उपाध्यक्ष रिता अवाल,सह सचिव श्रीजना कक्षपति तथा सचिव श्यामसुन्दर श्रेष्ठज्यु लगायतले घरेलु तथा साना उद्योग विकासका लागि जिल्ला प्रशासन कार्यालयले खेल्नुगर्ने भुमिकाबारे चर्चा गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here