प्यारी छोरी हेल्डिता
तिम्रो सम्झनामा आज म केहि कुरा लेख्दैछु , तर लामो अन्तरालपछि मात्र यो चिठ्ठी तिम्रो हात पर्नेछ । तिम्रो जन्मदिनको सन्दर्भमा तिमीलाई न्यानो सम्झा अनि माया छ , यो जन्म दिनले तिमीलाई अझ सुखी बनाउनेछ । छोरी ,अब तिमी सानी बच्ची रहिनौ । त्यसैले अब मैले यो चिठिमा आदर्श उपदेशका बखानहरु लेख्न उचित छैन ।
तिमी भन्दा म धेरै टाढा र भिन्न परिवेशमा छु र अझ धेरै समय हामीले यो विछोड भोग्नुपर्नेछ । हाम्रा शत्रुहरु (सामा्रज्यवादी तथा प्रतिक्रियावादीहरु ,अनु) विरुद्धको कठीन संघर्षमा हामी सबै कामहरु आफ्नै सामथ्र्यले गरिरहेका छौं । यो संघर्षमा मेरो योगदान पूर्ण त होइन ,यद्यपि केहि भने अवश्य छ । अनि मलाई आशा छ– तिमी आफ्नी बाबाप्रति गौरव गर्नेछौं जसरी तिम्री बाबा तिमीप्रति गौरव गर्छ ।
हामीले अंगिकार गरेरसंघर्षका धेरै श्रृंखलाहरु अझ बाँकी नै छन् । तिमीले पनि ठूली भएपछि यो संघर्षमा योगदान गर्नुपर्नुछ । अनि त्यसको निम्ति यतिवेला तिमीले आफू असल क्रान्तिकारी बन्न तयारी गर्नूपर्छ । तिम्रो उमेरले यो तयारी भन्नु आफ्नो अध्ययनप्रति गम्भीर बन्नु हो । तिमी न्यायोचित विचारको पक्षमा सदा प्रतिवद्ध भएर उभिन सक्नु पर्छ । आफूलाई कहिल्यै पनि धेरै माथि राखेर सोच्नु गल्ती हो , यो त समयसँगै आउने कुरो हो । अहिले भने तिमीले आमाको कुरा शिरोपन गर्नु राम्रो हुनेछ ।
आफ्नो विद्यालयकै उत्कृष्ट विद्यार्थी बन्न तिमीले कडा परश्रम गर्नुपर्छ , सबै पक्षमा उत्कृष्टताको लागि । तिमीले मैले भन्ने खोजेको कुरो बुझेकी हुनुपर्छ –अध्ययन र क्रान्तिकारी आचरण । अर्काे शब्दमा श्रमप्रति गम्भीर अवधारणा , मातृभुमिप्रति अगाढ माया , क्रान्तिकारी आस्था र कामरेडेली भावना अनि अरु धेरै कुराहरु । म तिम्रो उमेरको हुँदा परिवेश
आजको जस्तो थिएन । म त्यस्तो भिन्न समाजमा हुर्केको थिएँ जहाँ मानिसहरु एक–अर्काका शत्रु हुन्थे । समयले धेरै काँचुली फेरिसकेको छ र फेरिएको समयमा हुर्कनु तिमीहरुको भाग्यको कुरो नै हो । तिमीले यसमा गर्व गर्न सिक्नुपर्छ ।
आफ्ना भाईबहिनीहरुलाई राम्रो स्याहार गर्न कहिल्यै नभुल्नू । उनीहरुलाई पनि आफ्नो पढाइप्रति गम्भीर र असल व्यवहारमा अभ्यस्त बनाउन आवश्यक छ । विशेषत ः तिमीले अल्डिताप्रति ध्यान दिने गर्नु जसले तिमीलाई ठुली दिदीको रुपमा विशेष आदर गर्छे ।
लौ त, छोरी ! जन्मदिको फेरि एकपल्ट शुभकामना । तिम्री आमा र जीनाप्रति न्यानो माया सुनाइदिनु र हाम्रो लामो विछोडका प्रत्येक पलको न्यानो आलिंगन स्वीकार्नु ।
तिम्री बाबा
फेब्रुअरी १५, १९६६