वर्तमान सरकार अधिनायकवादी बन्यो : महामन्त्री खड्का

0
1103

दैलेख । दुईतिहाई बहुमत ल्याएको कम्युनिष्ट सरकार अधिनायकवादी वनेको नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले आरोप लगाए । शुक्रवार दैलेखको ऐतिहास प्रथम जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कम्युनिष्ट सरकारले संघिय राज्यको मुल्य मान्यतालाई घेरावन्दी हाल्दै एकपछि अर्को निरंकुशता लाद्न खोजेको दाबी गरे । उनले भने, कहिले प्रेस माथि अंकुश लगाउने, मानव अधिकारमाथि हस्तक्षेप गर्ने गरेको छ । चुनाव ताका जनतालाई प्रलोभन देखाएर भोट फकाउने कम्युनिष्टको नियत सरकारमा गएपछि जनताले प्रष्ट बुझेको बताए ।
तत्कालिन प्रदेश सभा र प्रतिनिधी सभाको बेला सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको सरकार आएमा जनताले हाँस नपाउने, रुन नपाउने अभिव्यक्तीलाई दोहो¥याउँदै कम्युनिष्ट सरकारको चरित्र नियत छर्लङ भएको जानकारी दिए । कम्युनिष्ट कस्ता हुन्छन् भनाई गराईमा कति फरक छ भन्ने बर्तमान सरकारको काण्डै काण्ड आम जनसमुदायले बुझिसकेको छन, उनले थपे ।
ललिता निवास जग्गाकाण्डमा अख्तियार समेतलाई आफ्नो पक्षमा बनाई काँग्रेसका नेता विजय कुमार गच्छेदारलाई फसाएको दाबी गरे । एउटै कार्यकालका मन्त्री मुछिने प्रधानमन्त्री उम्किनु नै अख्तियार माथि पनि सरकारले हस्तक्षेप गरि बहसमा पारेको जिकिर गरे । यो सरकार काण्डै काण्डको घेरावन्दी परेकोले नितिगत भ्रष्टाचार,घुसखोरी बाहेक जनताको विकास निर्माणमा वेवास्ता गरेको दाबी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय निरुपण न्याय संगत छैन । सरकारका नितिगत भ्रष्टाचार अनियमितता प्रधानमन्त्री केपी शर्मा ओलीको बोली बचनबाट प्रष्ट हुने गरेको छ ।वर्तमान सरकारका तत्कालिन संञ्चारमन्त्री गोकुल बास्कोटा काभ्रेमै गई गाई गुन गाईरहेको बेला ७० करोडको घोटालाको समाचार आउनुले प्रमाणित गरि दिएको बताए ।
वर्तमान सरकारको बोलीचाली काम गराईले गर्दा जनता निराश बनेका छन् । निराशालाई आशामा बदल्ने कामको जिम्मेवारी नेपाली काँग्रेसको लिनुपर्ने बताए । त्यसैगरि नेपाली काँग्रेसमा गुटको राजनिति नभएको दावी गरे । नेपाली काँग्रेसका गुट उपगुट छैन । जुन नेताले गुट उपगुट भयो भनेर भाषण गर्छन । स्वयंले नेताले गुटको राजनिति गरिरहेको छ ,उनले थपे । पार्टीका समस्याको समाधान एकले अर्को आरोप लगाई पुरा नहुने भन्दै सम्बादको माध्यमबाट समाधान गर्ने दियो बालेर अगाडी बढुनपर्ने,विमेलाई,मेलमा र आशालाई भरोषा बदल्नु पर्ने बताए ।
त्यसैगरि नेपाली काँग्रेस कर्णाली प्रदेशका साँसद हिमबहादुर शाहीले प्रथम जिल्ला सम्मेलनको शुभकामना दिदै काँग्रेस प्रतिपक्षको राम्रो भुमिको खेलेको बताए । हाम्रा केही पार्टीको साथीहरुले प्रतिपक्षको राम्रो भुमिका नभएको टिप्पणी गर्छन । प्रतिपक्षको भुमिका धरहरा जलाउने,गरिवका घरका आगो लगाउने,नेपालवन्द गर्ने,सभामुखलाई जुत्ता हान्ने काम नगरेर लोकतन्त्र मर्म निति सिद्धान्त अनुसार राम्रो भुमिका गरेको छ,शाहीले भने । विगत देखी जनताका लागि स्वास्थ्य शिक्षा,विद्यालय पुल पुलेशा सिचाई खानेपानी निर्माण गरी जनआंकाक्षा अनुसार काम गरेकाले काँग्रेस केही गरेन भन्नु नै गलत भएको टिप्पणी गरे ।