सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा : विजुक्छें

0
1290

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सबभन्दा बढ्ी भ्रष्टाचार सिंहदरवारमा भएको र प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको बताउनुभएको छ ।
बासु माध्यमिक विद्यालय र बासु कलेजको वार्षिकोत्सको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले सूचना मन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बिचार राख्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।’’ उहाँले प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै
अन्यत्र भए मन्त्रीहरू भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिँदैनथ्यो भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाली काङ्ग्रेस लाग्छ, आफ्ना मन्त्री पनि त्यस्तै थिए ।’’ पदमा पुगेपछि नेताहरूमा सत्तामात चढ्ने भएकोले प्रतिपक्षको व्यवस्था गरिएको तर प्रमुख प्रतिपक्षले आफ्नो भूमिका निर्वाह नगरेको बताउनुभयो ।
अध्यक्ष रोहितले सङ्घीयताका सिद्धान्तअनुसार स्थानीय निकायलाई स्वायत्त हुनुपर्ने भन्दै केन्द्रबाट नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउनु गलत हो भन्नुभयो । मातृभाषाबाहेक भोजपुर, मैथिली, राजवंशी, थारुलगायत देशको एक
राष्ट्रिय भाषा विद्यार्थीलाई सिकाउनुपर्ने भन्दै स्थानीय निकाय खटिने कर्मचारीले स्थानीय भाषा जानेको हुनुपर्ने बिचार राख्नुभयो ।
चिनियाँ क्रान्तिपछि नेता माओ त्सेतुङले नेताको जन्मदिन नमनाउने, कुनै ठाउँको नाम नेताको नाममा नराख्ने, भाषणा लामो नगर्नेजस्ता आचारसंहिता लागू गरेको भन्दै अध्यक्ष रोहितले प्रधानमन्त्री ओलीको घरमा गरिने जन्मदिनमा गरिएको कार्यशैली उपयुक्त नभएको बिचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘प्रमको उपचार विदेशी चिकित्सकबाट हुनुहुँदैन ।’ नेपालमै राम्रो अस्पताल आवश्यक भएको अध्यक्ष रोहितको कथन थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यमा विद्यालयहरूको योगदान स¥हानीय भएको उल्लेख गर्दै विद्यार्थीले पढाइमा राम्रो गर्नुको साथै
अनुशासनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीको ज्ञान सिङ्गो समाजको विकासको निम्ति उपयोगी हुनुपर्ने भन्दै भनपाले स्थानीय पाठ्यक्रम बनाई विद्यार्थीलाई स्थानीय ज्ञान दिने प्रयाश गरेको बताउनुभयो ।
बाग्मति प्रदेश सांसद सृजना सैंजूले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन हुननहुने भन्दै यसबाट नेपालको सार्वभौमिकता समाप्त हुने सम्भावना रहेको बताउनुभयो । उहाँले देशको सार्वभौमिकता सङ्कटमा रहेको
बेला देशभक्त नागरिक तयार गर्न विद्यालयहरू अग्रसर हुनुपर्ने भन्दै शिक्षामा निजीकरण एवम् व्यापारीकरण गलत भएको तर्क गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जगनाथ सुजखू, नेपाल नर्सिङ समाजका अध्यक्ष देविका दनेखू, भनपा वडा नं २ का अध्यक्ष हरिप्रसाद बासुकला र बासु कलेज व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण जोशीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बासु मावि तथा कलेजका प्रिन्सिपल अम्विका न्याइच्याईले विद्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि नेमकिपाका अध्यक्ष रोहितले विद्यालयमा २५ वर्ष र १५ वर्षसम्म सेवा गर्ने शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । त्यस्तै अतिथिहरूले अन्तर विद्यालयस्तरीय विभिन्न प्रतियोगिता र विद्यालयका आन्तरिक प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलगायत विभिन्न आन्तरिक प्रतियोगितामा सफललाई अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो ।
वार्षिकोत्सकै अवसरमा शुुक्रबार साँझसम्म गीत, नृत्य, नाटकहरू प्रदर्शन गरिएको थियो । यसै अवसरमा विद्यालयले शैक्षिक प्रदर्शनी पनि गरेको हो ।

शुक्रबारै बासु मावि र कलेजको वार्षिकोत्सवमा सहभागी सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष रोहितले राष्ट्रिय सभामा राजनीतिक ज्ञान भएका र विज्ञहरू पठाउनु पर्ने बिचार राख्नुभयो । उहाँले प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक
कार्यकर्ता नभई शासन नचल्ने भन्दै पढेलेखेको र बुद्धिजीवीलाई राष्ट्रियसभामा निर्वाचित गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष रोहितले नागरिकता विधेयक तल्लो सदनबाट पारित गरी पठाईंदा माथिल्लो सदनले रोकेको उदाहरण रहेको
भन्दै प्रधानमन्त्री मालिक नहुने धारणा राख्नुभयो ।
अध्यक्ष रोहितले पञ्चायती व्यवस्थाले गरेका गल्ती नेपाली काङ्ग्रेस पार्टीले दोहो¥याएको भन्दै नेपाली काङ्ग्रेसकै नक्कल नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको बताउनुभयो । उहाँले नेपाली काङ्ग्रेसका रामशरण महतले एक निर्वाचन क्षेत्रबाट २०० युवालाई वैदेशिक रोजगारीमा पठाउने निर्णय गर्दा देशको कृषि अर्थतन्त्र ध्वस्त भएको भन्दै अरूको भरमा देशको विकास नहुने बिचार राख्नुभयो ।