सिद्धबाबा कारागार चलान

0
1547

सुनसरी । सुनसरीको चतराधामस्थित आश्रममा महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पूर्पक्षका लागि कारागार चलान भएका छन् । मंगलबार बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीले थुनुवा पूर्जी दिएर उनलाइ झुम्का कारागार पठाएको हो ।

बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका थिए । गत माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि भारततर्फ भागेका उनी आज अदालतमा उपस्थित भएका हुन् । अदालतमा उपस्थित हुने क्रममा उनले आफु औषधि उपचारका क्रममा भारतमा गएको र फैसलाको सम्मान गर्दै अदालतमा हाजिर भएको प्रतिक्रिया दिए ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत बिराटनगर पुगेको थियो ।