भारत,२०७६ फागुन । भारतले प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ताजमहल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको त्रास बढेपछि त्यहाँको सरकारले मायाको प्रतीकका रूपमा लिइने ताजमहल बन्द गर्ने निर्णय गरेको हो ।
ताजमलहको अनुगमनका लागि दैनिक आउने हजारौं मानिसबाट कोरोनाको संक्रमण फैलिने खतरा बढेसँगै यस्तो निर्णय लिएको भारतका संस्कृतिमन्त्री प्रह्लाद पट्टेलले जनाएका छन् ।
ताजमहल भारतको मात्रै नभएर विश्वकै प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ औसतमा दैनिक ७० हजार मानिसले अवलोकन गर्ने बीबीसी समाचारमा उल्लेख छ । ताजमहलसँगै अन्य म्युजियम, सांस्कृतिक सम्पदा पनि भारतले बन्द गरेको छ । संस्कृति मन्त्री प्रह्लाद पट्टेलका अनुसार ३१ मार्चसम्म बढी चहलपहल हुने म्युजियमलगायतका सम्पादहरू बन्द रहने छन् ।
विश्वकै लागि टाउको दुखाइ बनेको कोरोनाबाट भारतमा हालसम्म २ जनाको ज्यान गइसकेको छ भने १ सय १४ मानिसमा यसको लक्षण देखापरेका छन् ।