मानिसको जीवनमा आत्मविश्वासको ठुलो भूमिका रहेको हुन्छ । आत्मविश्वास बिना मानिसले जीवनमा केहि पनि गर्न सक्दैन । यदि कुनै व्यक्ति संग आत्माबिस्वास नै छैन भने उसले कतै गएर पनि केहि काम गर्ने सक्दैन । आत्मबिश्वासले नै मानिसहरूले समुहमा आफ्नो बिचार राख्न सक्दछ । व्यक्तिलाई कस्तो काममा रुची छ त्यो काम गर्न सक्दछ । यदि कुनै व्यक्ति जीवनमा सफल छ भने उसको आत्मविश्वासले गर्दा नै हो । यदि तपाइँ पनि आफ्नो आत्मविश्वास बढाउने सोचमा हुनुहुन्छ भने यहाँ लेखिएका टिप्सहरूलाई आजैबाट आफ्नो दैनिक जीवनमा लागु गर्नुहोस् ।
यदि तपाई धेरै सोच्ने बानी छ भने त्यसलाई आजैबाट त्याग्नुहोस् । किनकि धेरै सोच्ने बानीले तपाइको आत्मविश्वासलाई घटाउदै लैजान्छ । तपाइले हरेक कुरामा गम्भीर तरिकाले लिन थाल्नु भयो भने तपाइको मनोबल झन् झन् घट्दै जाने गर्छ । एउटा कुरा सधै याद राख्नु होला, खुल्ला र शान्त दिमागले तपाइँलाई एउटा हौशला समेत प्रदान गर्दछ । त्यसैले धेरै सोच्ने बनाई छ भने आजैबाट त्यसलाई कम गर्दै लैजानुहोला ।
तपाईको बानी कस्तो छ, तपाईको गुण कस्तो छ त्यो अरु संग तुलना गरेर नबस्नुहोस् । किनकि यदि तपाइँ आफुलाई अरु संग तुलना गरेर बस्न थाल्नुभयो भने तपाइँ निराश बन्नुहुनेछ र यसले गर्दा पनि तपाईको आत्मविश्वास घट्ने छ । तपाइँ जे हुनुहुन्छ त्यहि मात्र बन्ने गर्नुहोस् । अरु जस्तो बन नखोज्नुस् । अरु जस्तो बन्न थाल्नु भयो भने तपाइको अस्तित्वनै हराएर जान्छ । आफ्नो आत्मविश्वास जोगाइरहन चाहनुहुन्छ भने सधै आफ्नोपनलाई माया गर्नुहोस् ।
तपाईमा के कस्तो कमजोरीहरू छन् त्यसलाई अगाडी ल्याउनुहोस् र त्यसलाई सुधार्ने गर्नुहोस् । यदि आफ्नो कमि कमजोरीहरूलाई लुकाएर बस्न थाल्नुभयो भने बाहिर बाट तपाइले जतिनै आफुलाई सक्षम छु भनेर देखाउन खोजे पनि भित्र बाट भने तपाइँ असक्षमनै रहनुहुनेछ । एउटा कुरा सधै याद राख्नु कि तपाई भित्र जतिनै कमि कमजोरी भए पनि तपाइँ भित्र एक शाहसिलो मान्छे छ जसले जस्तोसुकै परिस्थितिमा पनि तपाईलाई आत्मविश्वास प्रदान गर्दछ । आफु भित्र भएको कमजोरीलाई लिएर आफु कमजोर छु भनेर सोचेर नबस्नुहोस । तपाइँ असक्षम छु भनेर बस्नु त्यो तपाईको गल्ति हो त्यसैले सधै आफुलाई सक्षम राख्नुहोस् ।
सकारात्मक सोचको बिकास गर्नुहोस् । सधै अनुहारमा मुस्कान राख्नुहोस् । यसले के हुन्छ भने तपाईमा एउटा छुट्टै आत्मबल अथवा आत्मविश्वास आउनेछ । संसारको सबैभन्दा सस्तो औषधि भनेकोनै हाॅस्नु हो किनकि यसको कमि भयो भने सबैभन्दा महँगो औषधि खान बाध्य भइन्छ । त्यसैले सकारात्मक सोच राख्नुहोस् र मुस्कुराउने गर्नुहोस् । यदि तपाईको हास्ने बानीनै छैन भने तपाइँ जुनसुकै क्षेत्रमा पनि आफुलाई कमजोर ठान्नुहुनेछ र तपाइँ सधै पछाडी मात्र पर्नुहुनेछ । तर, अनुहारमा खुसि र दिमागमा सकारात्मक कुरा मात्र छ भने तपाइँ जस्तोसुकै क्षेत्रमा पनि अघि रहन सक्नुहुनेछ ।
कुनै पनि समुहमा आफ्नो बिचार नहिच्कीचाइ राख्ने गर्नुहोस् । मन बाटै आफुलाई यति अब्बल बनाउनुहोस् कि जहा गए पन तपाइँ आफ्नो मनको कुरा खुलेर बोल्न सक्नुहोस् । कतिपय मानिसहरु कहिँ गएर वा समुहमा बोल्नु पर्यो भने सय पटक सोचेर बोल्छन् र पनि सहि तरिकाले बोल्न सक्दैनन् । सहि तरिकाले बोल्न र नहिच्कीचाउन किताबहरू पढ्ने गर्नुहोस् । पत्रपत्रिकाहरू पढ्ने गर्नुहोस् र अरु संग सम्बन्ध बिस्तार पनि गर्नुहोस् । आफ्नो आइडिया अरु संग शेयर गर्नुहोस् र अरुको आइडिया पनि आफुले लिने गर्नुहोस् ।
यदि कसैले तपाईको काममा आलोचना गर्छ भने त्यसलाई विश्लेषण गर्नुहोस् । यदि कसैले आलोचना गरे भनेर त्यसलाई गम्भीर रुपमा सोच्न थाल्नुभयो भने यसले तपाईलाई झन्-झन् निराश पार्दै जान्छ । अरुको आलोचनालाई सामान्य रुपमा लिनुहोस् । धेरै सोच्ने नगर्नुहोस । अरुले के भन्छन भनेर पनि नबस्नुहोस । किनकि यहाँ राम्रो गर्नेहरुको खुट्टा तान्नेहरु कम छैनन् । त्यसैले अघि बढ्दै जादा बाधाहरु त थुप्रै आउँछन् त्यसले गर्दा आफ्नो आत्मविश्वासलाई घट्न नदिनुहोस् ।
उर्जाशील मानिसहरुको संगत गर्ने बानीको बिकास गर्नुहोस् । उनीहरुको संगत गर्दा आफुलाई धेरै नै फाइदा पुग्दछ । उनीहरूले कुन तरिकाले सोच्दछन् र कस्तो ब्यबहार गर्दछन् भन्ने कुरालाई आफुले ध्यानमा राख्न सकिन्छ । किनकि उनीहरू सधै सकारात्मक सोच राख्ने गर्दछन् र सकारात्मक सोच राख्ने व्यक्तिहरूको संगत गर्दा आफु पनि सकारात्मक सोच राख्न थालिन्छ । त्यसैले उर्जाशील जस्ता व्यक्तिहरूको संगत गर्न कहिल्यै पनि पछी नहट्नुहोस् ।
आफुलाई माया गर्नुहोस् । किनकि आफैलाई माया गरिएन भने अरुको माया झन् तपाइँ कसरी गर्नुहुन्छ ? त्यसैले आफ्नो माया गर्न पनि सिक्नुपर्दछ । सधै आफ्नो हेरचाह पनि गर्नुहोस् । ज्यानको माया मारेर त्यस्तो कुनै काम नगर्नुहोस् जसले तपाईलाई क्षति पुगोस् । आत्मविश्वास यहाँ बाट पनि थाहापाउन सकिन्छ कि तपाइँ आफ्नो हेरचाह कतिको गर्नुहुन्छ र कतिको आफुलाई माया गर्नुहुन्छ । आफुलाई समाजमा घुलमिल हुन सक्षम बनाउनुहोस् । समाजमा घुलमिल हुनुभयो भने तपाईको समाजमा पनि एक अस्तित्व रहन्छ ।
तपाइँ बाट केहि गल्ति हुन्छ भने त्यसबाट नभाग्नुहोस् । चाहे त्यो गल्ति जानेर गरेको होस् वा अन्जानमा, किनकि एक असल व्यक्ति कहिल्यै पनि गल्तिहरूबाट भाग्ने गर्दैन । गल्तीहरूलाई स्वीकारेर अघि बढ्न सक्नुनै तपाईमा आत्मविश्वास छ भन्ने एउटा गतिलो उदाहरण पनि हो । जो मान्छे गल्तिहरूबाट भाग्ने गर्छ, ऊ जिन्दगीभर नै भागीनैरहन्छ, जबसम्म उसको अन्त्य हुदैन । गल्ति स्विका गर्नु भयो भने अरुले तपाइलाई सकारात्मक तरिकाले हेर्न थाल्नेछन् र तपाईमा एक आत्मविश्वास जागेर आउने छ ।
बिगत सबैको हुन्छ, त्यसलाई लिएर पछुताउने काम कहिल्यै पनि नगर्नुहोस् । यदि बितेका कुरालाई लिएर हीनताबोध गर्न थाल्नुभयो भने यसले तपाईको मनोबल घटाउदै लैजान्छ । बितेका कुराहरूलाई होइन, भविष्यको चिन्ता हुनुपर्छ । भविष्यमा कसरि अघि बढ्ने ? कसरी समस्याहरूको समाधान गर्ने ? यस्ता कुराहरूको बारेमा सोच्ने गर । किनकि जिज्ञासु हुनु नराम्रो कुरा होइन ।