प्रेरणादायी भनाईहरू

0
2731

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं । हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं । यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका थिए ।

१. त्यस्तो काम गर्नुहोस्, जो तपाईंलाई औधी रुची लाग्छ । तब तपाईंले एक दिन पनि कामको बोझ अनुभूत गर्नुहुने छैन ।

२. सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।

३. हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।

४. जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।

५. एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।

६. जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।

६. जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।

८. सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो ।

९. जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।

१०. कुनैपनि धेरै कठिन छैन यदि त्यसलाई स-सनो कार्यमा विभाजन गर्नुभयो भने ।

११. विपरित परिस्थितीमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।

१२. जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।

१३. सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्, एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।

१४. जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानिसक स्थिती सही हुनुपर्छ ।

१५. पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

१६. कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।

१७. इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।

१८. सानोतिनो कुरा मनमा राख्नाले ठूलो-ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।

१९. मैले यो सिकें कि डर नहुनु बहादुरी होइन । बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो ।

२०. जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।