प्रचण्ड–नेपालले क्यालेण्डरमै नभएको मितिमा आन्दोलनको घोषणा

0
1473

काठमाडौं। प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले क्यालेण्डरमै नभएको मिति राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक भएको छ ।

प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको विरोधमा आज दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सार्वजनिक तालिका अनुसार पौष ३० गते सबै वडाहरुमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यतालिका रहेको छ । तर यो पौष महिना २९ गतेसम्म मात्रै छ ।

नेपाली क्यालेण्डरमा नै नभएको मितिमा कार्यक्रम गर्ने तयारी प्रचण्ड नेपाल पक्षको छ । उनीहरुले क्यालेण्डर नै नहेरी कार्यक्रमको तालिका बनाउन हतारो गरेको देखिन्छ ।