काठमाडौंमा यस वर्षकै पहिलो हिउँदे वर्षा

0
1363

काठमाडौं । काठमाडौंमा यस वर्षकै पहिलो हिउँदे वर्षा भएको छ ।
पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशभर मौसम बदलिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने काठमाडौंलगायत अधिकांश ठाउँमा हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो पनि वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा आइतबार साँझ नै पानी पर्न थालेको थियो।

आउने २४ घन्टामा देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै महाशाखालो पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले बुधबारदेखि मात्रै मौसममा सुधार हुने जानकारी दिए।