काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १२९ जना महिला र १८५ जना पुरुष गरी कूल ३१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २३० जना, भक्तपुरमा १५ जना र ललितपुरमा ६९ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४८१ जना, भक्तपुरमा १११ जना र ललितपुरमा १५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १५५ जना, भक्तपुरमा ९४ जना र ललितपुरमा २६६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९६ हजार २९३ जना, भक्तपुरमा ८ हजार ८४९ जना र ललितपुरमा १५ हजार १९७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म काठमाडौंमा ९८ हजार ९२९ जना, भक्तपुरमा ९ हजार ५४ जना र ललितपुरमा १५ हजार ६१५ जना कोरोना संक्रमित रहेका छन् ।