आरम्भ नेपालको आयोजनामा सिपमुलक तालिम हुने

0
501

भक्तपुर । आरम्भ नेपालको आयोजनामा युवाहरूलाई लक्षित सिपमूलक तालिमको आयोजना गर्ने भएको छ ।

तालिममा घर जग्गा नापी र प्रिन्टर टोनर रिफिलिङ्ग तालिम दिने आयोजक समितिले जानकारी गराएको छ ।

तालिममा घर जग्गा नापी तालिम यहि माघ १६ देखि १९ गते सम्म हुने छ । उक्त तालिममा तालिम शुल्क २००० छ भने सो तालिम साँझ ४ बजे देखि ६ बजे सम्म हुने छ ।

त्यस्तै गरि प्रिन्टर टोनर रिफिलिङ्ग तालिम भने यहि माघ २४ गते देखि बिहान १० बजे देखि ३ बजे सम्म हुने छ । उक्त तालिमको शुल्क १५०० तोकेको छ ।

उक्त तालिममा जुनसुकै उमेर समूहका इच्छुक व्यक्ति सहभागीता जनाउन सकिन्छ । तालिममा लागि आवश्यक सम्पुर्ण सामग्री आयोजक समितिले व्यवस्था गरिने छ ।

तालिमको थप जानकारीका लागि निआयो फ्युजन अफ कम्प्युटर वा फोन ९८४३०२५३१७, ९८४३५७८७१२ , ९८४९१७९९४८ सम्पर्क गर्न  सकिने आयोजक समितिले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here