संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

0
1506

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  शनिबार ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन भएको छ । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको उल्लेख गर्दै कांग्रेसका नेताहरुले सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध सिंगो मुलुक जागरुक भएको बताए ।

विरोध प्रदर्शनमा व्यापक रुपमा सहभागी भएका सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बधाई तथा आभार व्यक्त गरेका छन् । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।