काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो ।
समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।