काठमाडौं , २०७७ माघ ६ गते , मंगलबार । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा वृहत पुस्तक प्रदर्शनी हुने भएको छ ।
पार्टीको स्थापना दिवसको अवसर पारेर काभ्रे सहित काठमाडौं उपत्यकामा वृहत पुस्तक प्रदर्शनी हुने आयोजक समितिले जानकारी दिएको छ ।
पुस्तक प्रदर्शनी काठमाडौं ,भक्तपुर , ललितपुर र काभ्रे हूने छ । ललितपुरमा भने मंगलबजारमा माघ ७ गते बुधबार हुने छ , ८ गते बिहिबार काठमाडौंको रत्नपार्क हुने छ , ९ गते शुक्रबार काभ्रेको बनेपामा र १० गते शनिबार भक्तपुरको टौमढी हुने आयोजक समितिले जानकारी गराएको छ ।
उक्त कार्यक्रममा नेपाल मजदूर किसान पार्टीले प्रकाशन गरेका बिभिन्न पुस्तकहरू र जनबर्गीय संगठनका प्रकाशित पुस्तकहरू हुनेछ । पुस्तक प्रदर्शनी बिहान ११ बजे देखि ३ बजे सम्म हुनेछ ।